नेपाल काेराेना भाईरसकाे अति उच्च जाेखिममा : डव्लुएचओ

everest kitchen

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम  मुलुकहरुको सूचीमा राखेको छ ।

हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो भाइरस नेपालमा छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले नेपाललाई पनि अति उच्च जोखिमको सूचीमा राखेको हाे ।

विहीबार डव्लुएचओको मुख्यालयमा  बसेको नियमित साप्ताहिक ब्रिफिङपछि  नेपालसहित दक्षिण एसियाका भारत ,श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको हाे । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् ।

डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।

https://youtu.be/bUzq1rdP5t0