दुई पक्षबीचको झगडा मिलाउन गएका एकजनाको चिरपट प्रहारबाट मृत्यु

everest kitchen


जनकपुर । धनुषामा दुई पक्षबीचको झगडा मिलाउन गएका एकजनाको चिरपट प्रहारबाट मृत्यु भएकाे छ । सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको चिरपट प्रहारबाट हत्या भएकाे हो ।

शुक्रबार राति रघुनाथपुरलस्थित अाफ्नै गाउँमा भएकाे झगडा मिलाउन गएका पुलामीलाई झगडालु पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेपछि उनी गम्भीर घाईते भएका थिए । घाईते पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएका छन ।

शुक्रबार राति रघुनाथपुरस्थित नहर चोकमा बसेका केही युवाहरुले अपशब्द बोलेपछि गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि झगडा सुरु भएकाे थियाे । उक्त झगडा मिलाउन पुगेका पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएकाे थियाे ।

घटनामा सङलग्न हत्या अाराेपित ५ जनालाई प्रहरीले पक्राउ गरि अन्सुधधान जारि गरेकाे प्रहरीले जनाएको छ ।