मलेसियाकाे नयाँ प्रधानमन्त्रीकाे रुपमा मुहिद्दिन यासीनले मार्च ८ मा सपथ लिने

everest kitchen

क्वालालम्पुर । मलेसियाको नयाँ प्रधानमन्त्रीकाे रुपमा तान श्री मुहिद्दीन यासीन हुने भएका छन । राजदरबार मलेसिया (ईस्ताना नेगरा)काे शनिबार बिहानकाे घाेषनालाई उल्लेख गर्दै मलेसियाकाे द स्टारले समाचार लेखेकाे छ ।

मुहिद्दिन यासीनले अागामी ८ मार्चमा प्रधानमन्त्रीको रूपमा शपथ लिने बताएको छ । इस्ताना नेगराकाे शनिबारकाे एक विज्ञप्ति अनुसार ” प्रब्युमी बेर्साटु पार्टि मलेसियालाई अन्य पार्टिहरुकाे पनि समर्थन रहेपछि मुहिद्दिन यासीनले बहुमत प्राप्त गर्ने बताएको छ ।

फेब्रुअरी २४ मा मलेसियाका पूर्वप्रधानमन्त्री डाक्टर माेहम्मद माथिरले राजिनामा दिएपछि मलेसियाले नयाँ प्रधानमन्त्री चयन गर्न लागेकाे हाे