मलेसिया द्धारा नेपाललाई २२ रनले पराजित

everest kitchen


काठमाडौँ । एसीसी इस्टर्न क्रिकेटअन्तर्गत शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले १ सय ५५ रनको अाफ्नाे पक्षमा पारेकाे थियाे । मलेसिया दिएकाे लक्ष्य पछ्याउँदै गर्दा  नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रन मात्रै जोड्न सफल भएपछि  मलेसिया २२ अगाडि रहेकाे थियाे ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिं ऐरीले समान ३८/३८ रनको योगदान दिए। त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिईका थिए ।