सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने

everest kitchen


काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे प्रधानमन्त्री केपी शर्माओली र मन्त्रीहरुबीचकाे बैठकले यस्ताे निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जाेखिममा रहेकाे सुचिमा राखेसंगै सरकारले उच्च सतर्कता अपनाउने तयारि गरेकाे बताएको छ । बालुवाटार बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ । उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् ।उक्त समितले हवाई अागमन के कसरि व्यवस्थापन गर्ने र सिमा तथा नाकामा सतर्कता अपनाउने बिषय बारे निर्णय गर्ने र कार्यनयन गर्ने सम्बन्धमा कामकारबाही गर्नेछ ।

त्यस्तै प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।