नेपाली दुतावास मलेसियाले पेनाङ राज्यमा पनि कन्सुलर सेवा दिने

everest kitchen

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।

पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना प्रकाशित गर्दै जानकारी दिएकाे छ । क्वालालम्पुर क्षेत्र भन्दा बाहिर रहेका नेपाली श्रमिकहरुलाई सहज तवरले सेवा उपलब्ध गर्ने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएकाे हाे ।

कन्सुलर सेवामा राहदानी नबिकरण आवेदन, राहदानी हराएर नयाँ राहदानीको आवेदन , यात्रा अनुमति पत्र लगायतका सेवा दिने दुतावासले जनाएको छ।

दुतावास मलेसियाको सुचना हेर्नुहाेस..