राष्ट्रियसभामा आज सपथ लिदैछन यी नयाँ सांसदहरू

everest kitchen


काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले  नयाँ सदस्यहरुलाई  शपथ गराउनेछन्‌।सपथ लिन लागेका नवनियुक्त १८ जना सांसदमध्ये १६ जना नेकपाका रहेका छन्।

राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत माघ २४ गते निर्वाचन भएको थियो। निर्वाचित सदस्यहरुले आजदेखि औपचारिक रुपमा जिम्मेवारी पाउनेछन्। नवनियुक्त सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल,राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल,भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले सपथ लिन लागेका संसद सचिवालयले जनाएको छ।

त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत मन्त्री पदबाट राजीनामा दिएका हुन्। मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार सम्हाल्ने छन्। उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ।

यस्तै राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल मङगलबार सकिएकाे छ ।  गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरु मङगलबार अन्तिम बैठकमा सहभागी भएका थिए । विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल सकिएकाे हो।