राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा किन मिलाए ?

everest kitchen

काठमाडौ । तान्जानियाका राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा मिलाएका छन । उनले  चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग खुट्टा मिलाएका हुन् ।

राष्ट्रपति मागुफुली र सरिफ हमाद छलफलपछि पएकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएका थिए  । उक्त दृश्य दखेपछि सबैजना छक्कै परे । याे दृश्यकाे भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाईरल भएकाे छ । विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् । यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।

अफ्रिकी मुलुकमा पनि काेराेनाकाे संक्रमन भेटिएपछि राष्ट्रपतिले हात मिलाउनुकाे साटाे खुट्टा मिलाएकाे बताएको छ ।