प्रधानमन्त्री ओली हाेसमा , प्रत्यारोपण पछि ओलीका शरिरमा चार मृगौला

everest kitchen
photo facebook

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण सफल भएकाे छ । नयाँ मिर्गौला प्रत्यारोपणपछि अासियुमा राखिएका प्रधानमन्त्री ओली हाेस खुलेकाे अस्पतालले जानकारी दिएकाे छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मृर्गौलाले काम गर्न थालिसकेको छ । मृगौलाले काम गरेसंगै उनले हातखुट्टा चलमलाउन थालेकाे छन । त्यस्तै अङगदाता समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।

नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएकाे चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने नभई नयाँ मृगौला प्रत्यारोपण मात्रै गरिने बताए । पुरानो मृगौला हटाउदा छुट्टै अपरेसन गर्नुपर्ने हुदा झनझट र रिक्स त्यतिकै हुन्छ त्यसैले नयाँ मृगौला प्रत्यारोपण मात्रै गय्राे भने काम गर्ने बताए ।