मलेसियाकाे अस्पतालमा आर्थिक अभावमा परेका दुई नेपाली युवालाई एनआरएनको सहयोग

everest kitchen


क्वालालम्पुर । एनआरएन मलेसियाले दुई नेपाली युवालाई आर्थिक सहयोग गरेकाे छ । मलेसियाको एक हस्पिटलमा उपचाररत दुईजना नेपालीलाई एनआरएन मलेसियाले आर्थिक सहयोग गरेकाे हाे ।

क्वालालम्पुर नजिकै रहेकाे युनिभर्सिटी अफ मलेसियामा उपचाररत सरावल गाउँपालिका ३ पटनी नवलपरासीका बैज नाथ चौधरी र डडेल्धुराका लोकबहादुर बिष्टलाई एनअारएन मलेसियाले आरएम १हजारका दरदे सहयोग गरेकाे बताएको छ । एनआरएन मलेसियाको कल्याणकारी काेषबाट पिडितहरुलाई सहयोग गरिएकाे र उनिहरुलाई नेपाली दुतावास मलेसियाबाट थप पहल भैरहेकाे एनआरएन मलेसिया  बताएको छ ।

चाैधरिकाे टाउकाेमा समस्या देखिएकाे छ । उनकाे दिमागमा रगत जमेकाे बताएकाे छ । त्यस्तै बिष्टकाे खुट्टा भांचिएकाे छ । बिष्टलाई बिपरित दिशाबाट अाएकाे माेटरसाईकलले ठक्कर दिदा उनकाे खुट्टा भांचिएकाे हाे ।

दुबै जना पिडितहरु अबैधानिक हैसियतमा रहेकाेले थप समस्या परेकाे भन्दै कुनै पनि नेपाली श्रमिकहरु अबैधानिक नहुन एनआरएनले अनुरोध गरेकाे छ । आफू कामगर्ने कम्पनीमा उचित पारीश्रमिक नपाएपछि केही बर्षदेखी अबैधानिक रुपमा काम गर्दै आईरहेका थिए ।चाैधरिले उचित पारिश्रमिक नपाएपछि अबैधानिक रुपमा काम गरेकाे बताएका छन । भने बिष्टले भने सो कम्पनीमा कार्यअवधी सकिएपछि घर जान नदिएपछिकम्पनी छोडेर भागेर केही बर्षदेखि अबैधानिक हैसियतमा काम गर्दै गरेकाे बताएका छन ।

दुबैजनाकाे अार्थिक अवस्था कम्जोर रहेकाेले सहयोगकमे लागि अपिल पनि गरिएकाे छ । चाैधरिकाे १५ हजार मलेसियन तिर्न बांकी र अझै त्यतिनै रकम लाग्ने उनका सहयोगिहरुले जानकारी दिए ।