विश्व सुन्दरी टोनी एन नेपालमा, टाेनि सहितकाे टाेलीकाे पर्यटन मन्त्रीसंग भेट

everest kitchen

काठमाडौ । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । उनी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित पहिलोपटक नेपाल आएकी हुन ।

जमैकाकी सुन्दरी टाेनीसहितकाे टाेली मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा नेपाल आएका हुन् । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए ।

त्यस्तै मिस वर्ल्ड टाेनि र संगठन अध्यक्ष लुलियाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि भेटेका छन् । भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव भए नभएको विषयमा समेत कुराकानी भएको थियो । यधपी मन्त्री भट्टराईले लोकल आयोजकहरुसँग छलफल गरे उपयुक्त प्रस्ताव ल्याउन भनेकाे सहयोगी डेण्डु शेर्पाले जानकारी दिए ।

साथै टाेनीसहितकाे टाेलीले मिस नेपाल २०१९ की बिजेता तथा मपस वर्ल्ड प्रतियोगि अनुष्का श्रेष्ठकाे सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा ७ को सोलसिङ गाउँमा सञ्चालन गरेको स्वावलम्बन प्रोजेक्टलाई र यस्तै पूर्व मिस नेपाल श्रृंखलाले चेपाङ वस्तीमा सञ्चालन गरेको प्रोजेक्टलाइ अवलाेकन गर्ने कार्यक्रम रहेकाे छ ।