काेभिड-१९ काे कारण भक्तपुर महाेत्सव पनि स्थगित

everest kitchen


भक्तपुर । भक्तपुर नगरपालिकाले आयाेजना गर्न लागेकाे भक्तपुर महाेत्सव स्थगित भएकाे छ । काेराेना भाईरस कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरिएकाे नगरपालिकाले जनाएको हाे ।

चैत ४ गतेदेखि ८ गतेसम्म पाँचदिन सम्म चल्ने महोत्सव आगामी दिनमा आयोजना गर्ने गरि तत्कालका लागि स्थगित गरिएकाे छ । काेराेनाकाे प्रभाव कम गर्ने उद्देश्यले तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

उक्त महात्सवकाे ब्यापक तयारि गरिएकाे थियाे । महाेत्सवमा स्थानीय खाना, कला संस्कृतिको प्रस्तुति देखि स्वदेशी तथा विदेशि पाहुनाहरुकाे सहजताकाे रुपमा स्वयंसेवकहरु भाषिक तालिम समेत दिईएकाे थियाे ।