अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिए

everest kitchen


एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिएका छन ।

दुई जना आईएसका बन्दुकधारीकाे उक्त आक्रमणबाट २९ मारिनुका साथै ६१ घाइते भएका छन् । घाइतेमध्ये २०को अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय माध्यम अलजजिराले समाचार प्रकाशन गरेकाे छ ।

अाक्रमणकारिहरु दुवै जना पनि सुरक्षाकर्मीकाे प्रतिआक्रमणमा मारिएकाे बताईएको छ । बन्दुकधारिले हिज्ब–ए–बहदत पार्टीका नेता अब्दुल अली मजारीको हत्या भएको २५ औं वार्षिकोत्सव श्रद्धान्जली सभामा आक्रमण गरेका थिए ।

अघिल्लो हप्ता अमेरिका र तालिवानबीच शान्ती सम्झौता भएदेखिको सबैभन्दा ठूलो आक्रमण हो ।