महिला दिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

everest kitchen


कपिलवस्तु । महिला दिवसकै दिन कपिलवस्तुमा तेजाब प्रहारबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी हुन ।

गुप्ताकाे निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पिडितकाे अवस्था भने अहिले सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

क्रिकेट ब्याडका विषयमा विवाद चल्दा पिडितका छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ ।तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् ।