फुडमाण्डुकाे साईटमा ह्याकरकाे साईबर हमला

everest kitchen

काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५०  हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ ।

ह्याकरले शनिबार राती साईबर हमला गर्दै ग्राहकहरुकाे ब्यतिगत बिबरण नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरु अनाधिकृत रुपमा कब्जा गरिएकाे फुडमाण्डुले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ। करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने कम्पनीले दावी गरेकाे छ । ह्याकरले चाेरि गरेकाे बिबरण अन्य साईटबाट सार्वजनिक गरेकाे पाईएकाे छ ।

हमलाबाट कम्पनीलाई ठुलाे असर पुगेपनि कम्पनी जनाएको छ । यधपी कम्पनीले सेवा भने निरन्तर दिईरहेकाे छ । यस घटना बारे कम्पनीले प्रहरिकाे साईबर क्राईम ब्युरोमा उजुरि गरि सकेकाे जनाएको छ ।