नेपाली कलाकार संघ मलेसियामा नयाँ कार्य समिति

everest kitchen

क्वालालम्पुर । नेपाली कलाकार संघ मलेसियाले कार्यसमिति हेरफेर गरेकाे छ । संघले पुराना पदाधिकारीहरु नेपाल फर्केपछि नयाँ कार्यसमिति हेरफेर गर्दै कैलाश बाेहाेराकाे अध्यक्षमा नयाँ समिति तयार गरेकाे हाे ।

संघकाे नयाँ कार्यसमितिमा कैलाश बाेहाेरा, उपाध्यक्षहरु क्रमशः सामा देवान, डम्बर बिक, कृष्ण थापा, बाेम्जन थापा , महासचिव: डिएस थापा, सचिव: शन्दिप राना मगर, काेषाध्यक्ष: कृष्ण गुप्ता , सह-काेषाध्यक्ष: कमल खडका र कला बिभाग प्रमुख: खगेन्द्र मगरलाई चयन गरिएकाे छ ।

त्यस्तै वरिष्ठ सल्लाहकार: फुर्वा दाेर्जे माेक्ताङ, सल्लाहकार :डेबिट घिमिरे र संरक्षकमा सुमन श्रेष्ठ लाई चयन गरिएकाे छ । साथै संघले अागामी दिनहरुमा बिभिन्न कामकार्यहरु निरन्तर गर्ने बताएको छ ।