ईटालीमा सार्वजनिक जमघटमा प्रतिबन्ध, यात्रा अनुमानि लिनुपर्ने

everest kitchen


ऐजेन्सि । काेराेनाभाईरस बिरुद्ध लडन ईटालीले देशैभरि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएकाे छ । ईटालीले अापतकालीन यस्ताे नीति देशभरि लागु गरेकाे हाे ।

सोमबार ईटालीका प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देश बासिका नाममा सम्बाेधन गर्दै अत्यावश्यक यात्राको लागि अनुमानि लिन अादेश दिएका छन । साथै सरकारले सम्पूर्ण नागरिकलाई घरमै बस्न भनेकाे छ । घरमा बस्नुनै संक्रमनबाट बच्नु र फैलिन नदिनु उत्तम उपाय भएकाे ईटाली सरकारकाे निचोड रहेकाे छ ।

ईटालीमा यस भाइरसका कारण मृत्युु हुनेकाे सङ्ख्या ४ सय ६३ पुगेकाे छ । त्यस्तै चीन पछि ठुलो संख्यामा ईटालीमा बढी संक्रमित रहेका छन ।