कतार जानका लागि श्रम स्वीकृति दिन बन्द

everest kitchen


काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।

काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले श्रमस्वीकृति दिन पनि बन्द गरेकाे हाे । यधपी कतारकाे अर्काे व्यवस्था अनुसार श्रमस्वीकृती पुनः सुचारु गरिने विभागले जनाएको छ ।

हाल कतारकाे लागि दैनिक करिब ४ सय जनाले श्रमस्वीकृती लिदै आएका थिए ।