काेभिड-१९ काे आशंका देखिए आफै क्वारेन्टाइन बस्नुपर्ने

everest kitchen


काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को आशंका लागेमा स्वयं आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले स्पष्ट पारेकाे छ । मंगलबार युवा संघ नेपालकाे ध्यानाकर्षण पत्र बझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यस्तो स्पष्ट पारेका हुन

मन्त्री ढकालका अनुसार चीनबाट बिध्यार्थी ल्याएर क्वारेन्टाइन राखे जस्ताे गरि सबैलाई राख्न नसकिने बताएका छन । उनले भने ” विश्व स्वास्थ्य संगठनकाे मापदण्डअनुसार अाफै क्वारेन्टाइन बस्नुपर्ने र संक्रमित भए सरकारले हेर्ने छ ।

त्यस्तै विभिन्न ८ देशबाट आउने नागरिले त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुनेछ ।

युवा संघ नेपालले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमबाट अड्कबाजीका अधारमा सूचना सम्प्रेसण भइरहेकोले आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।