पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट

everest kitchen


काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे ।

बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन सक्ने अाशंका गरिएकाे छ । यति बेला घटना स्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली पसगेर अनुसन्धान सुरु गरेकाे बताएको छ ।घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् ।

मन्त्री बास्काेटाले ७० कराेड कमिसन अडियो बाहिरिएपछि सुचना प्रबिधि तथा सञ्चारमन्त्रीबाट केहि दिन अगाडि राजिनामा दिएका थिए । त्यस्तै बिप्लब समुहललाई प्रतिबन्ध लगाएकाे पनि अाज एक बर्ष पुगेकाे छ ।