सर्वदलीय बैठक सम्पन्न , काेराेना राेकथाममा नेताहरुकाे एकमत

everest kitchen


काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन ।

कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले व्यवस्थापन कसरी गर्ने ? क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएकाे नेताहरुले बताएका छन ।

बैठकमा सत्तारूढ दल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल र माधवकुमार नेपाल त मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी उपस्थिति रहेका थिए । त्यस्तै राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी रहेका थिए ।

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए ।