काेराेना त्रास : संसद बैठक रोक्न कांग्रेस सांसदको माग

everest kitchen

काठमाडौं । बिहिवार बिहान ११ बजेदेखि प्रतिनिधिसभा बैठक चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन ।

कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक नभएकाे कांग्रेस सांसद भीमसेनदास प्रधानले बताएका छन । त्यस्तै अर्का सांसद भरतकुमार शाहलेले पनि संसद धेरैदिन नचलाउदा राम्रो हुने बताएका छ ।

संसदकाे शून्य समयमा बोल्दै सांसदहरु बिध्यालय पनि बन्द गर्नुपर्ने बताएका छन ।