पाल्पामा भ्यान दुर्घटना हुदा ६ जना घाईते

everest kitchen


पाल्पा । पाल्पामा  भ्यान दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । पाल्पाको  बगनाँसकाली ९ चाप्पानी झिरभञ्याङ्गमा लु१ज २५३९ नम्बरकाे भ्यमन दुर्घटना भएकाे हाे ।

दुर्घटनामा घाइते  हरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । तानसेन बाट यम्घा जाँदै गरेको उक्त भ्यान बिहिबार बिहान ११ बजे तिर झिरभञ्य्राङकाे वरालोमा  पल्टिएको हो ।

दुर्घटना के कसरि घट्याे भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।