काेराेना प्रकाेप चीनबाट टर्दै विश्वव्यापी फैलिदै

everest kitchen
File photo

बेइजिङ।  चीन कोरोना भाइरस(कोभिड–१९) को उच्च जाेखिमबाट टरेकाे चीनले  जनाएको छ । चीनमा नयाँ संक्रमित नभेटिएकाे र संक्रमितकाे सफल उपचार हुदै गएकाेले जाेखिम कम भएकाे बताएको हाे ।

बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् । प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको बताए।

चीनमा संक्रमण कम हुदै गएपनि अन्यमुलुममा भने संक्रमण बढ्दै गएकाे छ । विश्व स्वास्थ्य संगठनले यस भाईरसलाई बिश्वब्यापी महामारी भनेर घाेषणा भएसंगै अन्यमुलुककाे संकट पनि स्पष्ट देखाएकाे छ ।

https://youtu.be/fpipxfHuQSA