उदयपुरबाट बालिकासहित १४ जना विप्लव कार्यकर्ता पक्राउ

everest kitchen


काठमाडौं । उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना  नेता कार्यकर्ता पक्राउ परेका छन् । उनिहरु धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेकाे बताएको छ ।

उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ। उदयपुरको कटारी नगरपालिकाबाट ६ जना महिला र ८ जना पुरुषलाई पक्राउ गरेको २ नं प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।

अपहरित बालिकाको पनि सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ। के कसरि अपहरण गरियाे भन्ने बारे खुलाईएकाे छैन ।