मध्य र पश्चिमका धेरै स्थानमा मेघगर्जन, हावा हुरी र चट्याङसहित पानी पर्ने

everest kitchen

 


काठमाडौं । पश्चिमी न्युन चापिय प्रणालीका कारण प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारणआज दिउँसो मध्य र पश्चिमका धेरै जसो स्थानमा पानी पर्ने संभावना छ।

मध्य र पश्चिमका धेरैजसो स्थानमा मेघ गर्जन, हावा हुरी र चट्याङसहित पानी पर्ने जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखा बबरमहलले जनाएको छ।

महाशाखाका अनुसार मध्य र पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा हिमपात पनि हुने छ ।