२०६२ मा हत्या गरि फरार रहेका दुईजना पक्राउ

everest kitchen

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादव बिहीबार बिहान पक्राउ परेका छन् ।

२०६२ असोज १७ गते सोही ठाउँका दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार भएकाेे प्रहरिले बताएको छ ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनसरी ईनरुवा नगरपालिका–९ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।