जनमुक्ति युवा महासंघ, रुपन्देहीमा  पुनः हेमन्त बुढाथोकी

everest kitchen

रुपन्देही । बेरोजगर युवालाई रोजगार, स्वरजगार युवालाई पुरुस्कार ! भन्ने नाराका साथ रुपन्देहीको मंगलापूर स्थित कविराज स्‍मृति भवनमा  सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन जनमुक्ति युवा महासंघ जिल्ला कार्यसमितीको पाचौ अधिबेशन उद्घघाटन कार्यक्रममा बोल्दै  राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिब केशब सुर्यबंसी मगरले राज्यले युवामैत्री र स्वरोजगारमुखी नीति अबलम्वन नगरेकै कारण युवाहरु बिदेश पलायन हुनु परेको बताए छन । युवाहरुलाई स्वदेशमै स्वरोजगार र उद्यमसील बनाउन नसके मुलुक समृद्ध बन्न नसक्ने बताउदै महासचिब सुर्यबंसी मगरले त्यसकालागि सोही अनुसारको नीति बनाउनुपर्नेमा जोड दिएका छन । भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र खस्कदै गएको भन्दै उनले जनमुक्ति पार्टीले भ्रष्टाचार बिरुद्धको अभियाननै सञ्चालन गरेको बताए ।

साथै बर्तमान सरकार ईतिहास कै बलशाली सरकार। त्यस्तय बलियो सरकारले हाकेको पार्टीको भातृसंगठन र तिनका कार्यकर्ताले किन पैसा नखाई सामाजिक काममा अघि बढ्न नसकेको ? तिनका कार्यकर्तालाई देशमा भयाबहको रुपमा त्रास उतपन्न कोरोना भाईरस बारे जनचेतना रोकथामको लागि किन खट्न नसकेको ? बजेट झ्वाम्म नपार्दा सम्म एक डेक चल्न नसक्ने कस्तो कार्यकर्ता ? सुर्यवंशिले चेतावनी दिएका छन । त्यस्ता भ्रष्ट कार्यकर्ताको बिकल्प अब जनमुक्ति युवा महासंघ नै हो । तसर्थ पार्टीलाई रहर लाग्दो, भर लाग्दो र डर लाग्दो बनाउनको निम्ती पार्टी मुलसमितिबाट बिशेष प्याकेज साथ युवा माझ आउने बताउनु भएको थियो ।

जनमुक्ति युवा महासंघ, जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रबास बिभाग प्रमुख कमला थापा, उपमहासचिब तथा जनमुक्ति एकेडेमी प्रमुख टोप अस्लामी, सचिब तथा सामाजिक संजाल ब्युरो प्रमुख सुर्य कुमार सारु, पुर्व सैनिक संगठन केन्द्रिय अध्यक्ष क्या भिम बहादुर राना, संघिय महासभा सदस्य नरजङ्ग गुरुङ्ग, प्रदेश ५ लुथम का अध्यक्ष झम बहादुर गुरुङ्ग, जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा, जिल्ला उपाध्यक्ष टेक बहादुर गुरुङ्ग लगायतका बक्ताहरुले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।

५ औं जिल्ला अधिबेशन सम्पूर्ण उपस्थितीहरुलाई एकु रानाले स्वागत गरेका थिए भने कार्यक्रम संचालन सचिब पहल सिंह रानाले गरेका थिए ।

सोही दिन सम्पन्न जनमुक्ति युवा महासंघ ५ औं जिल्ला अधिबेशनको बन्द सत्रले हेमन्त बुढाथोकीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितीमा निम्न पदाधिकारी र सदस्यहरु निर्वा्चित भएका छन । जिल्ला उपाध्यक्ष खेमन राना, सचिव पहल सिंह राना, उप सचिव आकृति थापा, कोषाध्यक्ष एकु राना, सदस्यहरु विष्णु थापा,गौरी राना, अनिल थापा, अशोक राना, नुम बहादुर कुमाल, इन्द्र कुमाल, मोहन थापा, इश्वर गाहा, रेखा गाहा, खुसि चौधरी, सनम काउचा, नेत्र लाल आले, दान बहादुर थापा, कृष्ण बहादुर पुन, अजय गुरुङ, शोभा थापा, बल बहादुर थापा निर्वा्चित भएका छन । बाँकी रहेका पदाधिकारी तथा सदस्यहरु समितिको पूर्ण बैठकले मनोनित गर्ने निर्वाचन मण्डल संयोजक शंकर गाहाले जानकारी गराए ।