एक किशोरीलाई हाेटेलमा लिई बलात्कार गरेको आराेपमा एक व्यक्ति पक्राउ

everest kitchen

 

काठमाडौं । एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन । तनहुँ व्यास नगरपालिका–२ दमौलीका ४६ वर्षीय हेम सिंह शाही शनिबार बिहाने पक्राउ परेका हुन ।

ती किशोरीलाई शाहीले ललाईफकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त गरेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

घटना बारे थप अनुसन्धान भैरहेकाेे बताएको छ ।