चिकित्सकको सुझावलाई वेवास्ता गर्दै प्रधानमन्त्री ओली सक्रिय

everest kitchen

काठमाडौं, ३ फागुन । दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली पुनः सक्रिय हुन थालेका छन् । चिकित्सले आराम गर्नुपर्ने र सामान्य अवस्थामा आउन छ महिना लाग्ने बताएको भएतापनि प्रधानमन्त्री ओली सक्रिय हुन थालेका हुन् ।

हिजै कोरोनाविरुद्धको सार्क मुलुकका सरकार प्रमुखहरुको बैठकमा भिडियो सम्बोधन गरेका ओलीले आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि एकपटक मात्र बैठक बसेको थियो । नयाँ मन्त्रीहरुलाई बधाई दिनका लागि मन्त्रिपरिषद हेरफेर गरेको भोलिपल्ट मंसिर ६ गते ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए तर ओली अकस्मात एपेन्डिसाइटिसको बिरामी भइ अस्पताल भर्ना भएपछि मन्त्रीपरिषदको बैठक बस्न सकिरहेको थिएन ।