कोरोना जोखिमप्रति काङ्ग्रेसको विशेष सतर्कताको अपिल

everest kitchen
photo fille

काठमाडौं । कोरोना जोखिमप्रति काङ्ग्रेसले विशेष सतर्कताको अपिल गरेकाे छ । काङ्ग्रेसले सभापति शेर बहादुर देउवा द्धारा हस्ताक्षरित एक वक्तव्य जारि गर्दै यस्ताे अपिल गरेकाे हाे ।

काङ्ग्रेस वक्तव्य ..
कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वब्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनु पर्ने सतर्कता बारे हामी सबै गम्भीर छौं । जोखिम सामना गर्न सरकारलाई हाम्रो सम्पूर्ण साथ रहने घोषणा हामीले गरिसकेका छौं । तर युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारीता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराउंदछु ।

(१) सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु ।
(२) संभावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औल्याउन चाहन्छु ।
(३) अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेकोे ध्यानाकर्षण गराउन चाहन्छु ।
(४) अत्यावश्यक खाद्यान्नको थप मुल्य वृद्धिसंगै कालोबजारी फस्टाएको छ । बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु ।
(५) सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ ।
(६) पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन् । समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु ।
(७) सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गर्दछु ।
(८) विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउंदछु ।
(९) स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति