बारामा प्रहरीद्धारा घरेलु मदिरा नष्ट

everest kitchen

बारा । बारामा प्रहरीले करिब ३१ सय बढि घरेलुु मदिरा नष्ट  गरेकाे छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीबाट उक्त मदिरा प्रहरीले बरामद गरेकाे हाे ।

मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने भट्टिबाट करिब ३ हजार १ सय ६० लिटर कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा सोमबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा, कोल्हवी, जितपुर र सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले उक्त भट्टी तथा मदिरा नष्ट गरेको हो ।