मलेसियामा रहेका विदेशी श्रमिकलाई पनि स्थानीय सरह काेराेना उपचार सेवा

everest kitchen
Photo file malaysia

काठमाडौं । मलेसियामा काेराेना भाईरस (काेभिड-१९ काे) संक्रमण बढेपछि त्यहाँको सरकाले सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय सरह उपचार सेवा प्रदान गर्ने भएकाे छ । याे सुबिधा करिब ५ लाख नेपाली श्रमिकले पनि पनि उपयोग गर्न पाउने छन ।

मलेसियामा करिब ५ लाख बढि नेपाली श्रमिकहरु कार्यरत रहेकाे अाङकलन गरिदै अाईएकाे छ । ठुलाे सङ्ख्यामा रहेका नेपाली पनि काेराेनाबाट प्रभावित हुने भएपछि नेपाली दुतावास मलेसियाले पनि सजक रहन सुचना जारि गरेकाे थियाे ।

मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएर ६सय ७३ जना जम्मा संक्रमित भेटिएका छन ।

मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।