फेरि १० लाख माक्स सहित गाेरखाका युवराज न्याैपाने पक्राउ

everest kitchen


काठमाडौ । काठमाडौंकाे स्वयम्भू स्थित सानो भर्‍यााङबाट फेरि १० लाख मास्क बरामद गरिएकाे छ । कोरोना भाइरसको सन्त्रासका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले राजधानीमा देखाएकाे तदारुकताले फेरि पनि मास्क कालाेबजारि सहित मास्क बरामद गरेको हाे ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार १० लाख मास्क बरामद गरेको हो ।साथै माक्सकाे कृतिम अभाव गराएकाे अभियाेगमा गोरखाका युवराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेकाे बताएको छ ।

यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । उपत्यका लगायतका स्थानमा अहिले सर्जिकल मास्ककाे सटेज गराईएकाे छ  भने १४ गुणा महाेङगाेमा माक्स बिक्री हुद‌ अाईरहेकाे छ ।

बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न महान्यायाधीवक्ताको कार्यालयले प्रहरीलाई भनिसकेकाे छ।