मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका

everest kitchen


क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ ।

आज भेटिएका ११७ नयाँ कोरोना भाईरस संक्रमित बिरामी मध्ये ८० जना श्री पेटेलिंग क्वालालम्पुर मस्जिदमा भएको धर्मिक सम्मेलनमा सहभागी समूहका सदस्यहरु रहेको स्वास्थ मन्त्री डा आधाम बाबाले पुष्टि गरेका छन ।
नयाँ संक्रमितहरूमध्ये ८० जनालाई धार्मिक जमघटमा सहभागी रहेकाे बताएको छ । उक्त घटनासँग जोडिएको जम्मा केसहरू फेब्रुअरी २७ देखि मार्च १ का बीचमा भएको पाईएकाे छ ।

फेब्रअरी २७ देखि मार्च १ मा सम्पन्न उक्त सम्मेलनमा पध्र सय बिदेशी सहित सोह्र हजार मानिसहरु सहभागी रहेको तथ्यांकले देखाएको छ । यसै सम्मेलानबाट कोरोना भाइरस मलेसियामा फैलिएको अनुमान गरि अन्य सहभागीको पनि खोजि कार्य थालेको बताएको छ ।

मलेसियामा हालसम्म संक्रमितको संख्या ७९० पुगेको छ । जसमध्य ६० जना उपचार पछि डिस्चार्ज भएको छन भने १५ जना गम्भीर बिरामी परेको बताए छ।

मन्त्री आधामले भने आजबाट प्रकोप नियन्त्रण आदेश लागू भएकोछ । आपतकालीन अबस्था सुधार नभए सम्म अस्पताल वार्डमा भिजिटरहरुलाई प्रवेश गर्न अनुमति नदिने मन्त्री आधामले बताएको मलेसिया किनिमा उल्लेख छ ।