घाईते विशाल लाई तामाङ कलाकार संघ मलेसियाको करिब ७७ हजार रुपैयाँ सहयोग

everest kitchen


क्वालालम्पुर । खुट्टामा गम्भीर चाेट लागि खाईते भएका विशाल स्याङतानलाई नेपाल तामाङ कलाकार संघ मलेसियाले अार्थिक सहयोग गरेकाे । गत फेब्रुअरीमा बाथरुम जादै गर्दा लडेर खुट्टामा गम्भिर चाेट लागि खुट्टा नसा समेत चुडिएपछि उपचारत तामाङलाई संघले अारएम २८ सय २५ अार्थात नेपाली ७६ हजार ९ सय ५३ रुपैयाँ अार्थिक सहयोग गरेकाे हाे ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर ७ घर भै हाल मलेसियाको क्वालालम्पुर बन्दर बारु बाङ्गी स्थित (Ryoka) नामक कम्पनीमा कार्यारत २२ वर्षिया विशाल स्याङतान तामाङ गत महिना १९ फेब्रुअरीमा घाईते भएका थिए । उनको खुट्टाको सल्लेकृया गरिएपनि नेपाल फर्किनु बाध्यता परेपछि उनलेअार्थिक सहयोग मागेका थिए ।

नेपाल तामाङ कलाकार संघ मलेसियाकाे अपिलमा सङकलित सहयोग रकम संघका अध्यक्ष फुर्वा दाेर्जे माेक्तानले पिडितलाई संघका बिभिन्न सदस्यकाे उपस्थितिमा हस्तान्तरण गरेका हुन । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ कलाकार संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष तेन्जिङ लो तामाङ,सदस्यहरु: पाल्सङ तितुङ तामाङ, सरिल तामाङ, सुबास तामाङ, बिलाप तामाङ,सबिन योन्जन तामाङ,देवन योन्जन लगायतको उपस्थिति रहेकाे थियाे । संघ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएकाे छ ।