काेराेना प्रभाव : प्रचण्डले भेटघाट नगर्ने

everest kitchen
File photo

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

सरकारले एसईई र त्रिभुवन विश्वविद्यालयले लिने सबै परीक्षा स्थगित गर्दै आम जनतालाई अत्यावश्यक काम बाहेक घरबाहिर हिडडुल नगर्न र २५ जनाभन्दा बढी भेला नहुन अनुरोध छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पनि कोरोनाको माहामारीलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक सम्पूर्ण भेटघाट हाललाई स्थगित गरेको बिहीबार विहान गंगा दाहालले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।