सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक

everest kitchen

काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ ।

सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे । सरकारले फुटसल संगै यसअघि सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब लगायत बन्द गर्ने निर्णय गरि सकेको छ । विदेश अावत जावतमा कडाइ गर्नुका साथै अनअराईभल भिषा समेत बन्द गरेकाे छ । शैक्षिक संस्था अन्तर्गतका परिक्षा तालिका पनि रद्ध भएका छन ।

काेराेना प्रभाव नेपालमा देखिएपनि संक्रमितहरु भेटिएका छैन । शंकास्पद करिब ५ सय जनामा पनि काेराेना नभेटिएकाे सरकारले बताएको छ । यसअघि एकजनामा देखिएकाे भएपनि अहिले ठिक भैसकेकाे दावी गरिएकाे छ ।