५५ मुलुकबाट नेपाल आउन नपाउने , जहा हुनुहुन्छ त्यहीँ बस्नुहाेस:सरकार

everest kitchen


काठमाडौं । सरकारले कोरोना भाइरस राेकथाम प्रयास अन्तर्गत युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेकाे छ । राेक लगाएका मुलुकहरुबाट जोसुकै नागरिक नेपालमा आउन नपाउने पनि उल्लेख गरेकाे छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने सबै यात्रुलाई आगामी बैशाख ३ गतेसम्म नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यी प्रतिबन्धित मुलुकबाट पनि ट्रान्जिट भयर नअाउन भनेकाे छ ।

यससम्बन्धी सूचना सम्बन्धित देशका कूटनीतिक नियोगमार्फत पठाइने जनाएको छ। यसअघि सरकारले मेडिकल सर्टिफिकेट लियर मात्रै नेपाल अाउन भनेकाे थियाे । यधपी सरकारले जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । (प्रतिबन्ध) बाटो खुलेपछि आउनुस् ।’ भिषा सकिएकाे , फलाईट क्यान्सिल भएकाे खण्डमा पनि समस्या नपर्ने बताएको छ ।