निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे

everest kitchen

काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना  दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ।

भारतीय समयअनुसार शुक्रबार  बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसी दिईएको हो।

सन् २०१२ डिसेम्बर १६ को राती राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र निर्भयाको सामूहीक बलात्कार भएको थियो।