सुनसान हुदै काठमाडौं उपत्यका

everest kitchen

काठमाडौ । काठमाडौं लगायत उपत्यका सुनसान बन्न थालेका छन । सरकारले काेराेनाकाे राेकथाम तथा नियन्त्रण गर्न बिभिन्न क्षेत्र बन्द गरेपछि उपत्का सुनसान बनेकाे हाे ।

गाउँ फर्किन यात्रुकाे लर्काे लागेपनि काठमाडौंका ब्यस्त सडक भने सुनसान बन्न थालेका छन । ठुलाे मात्रामा बिध्यार्थी लगायत अन्य व्यक्ति तथा परिवार गाउँ हिडेपछि काठमाडौ सुनसान देखिएकाे हाे ।

कोरोना भाईरस काेभिड-१९ काे सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौं स्थित सम्पूर्ण बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड भाड देखिन्छ । त्यस्तै अान्तरिक हवाई सेवामा पनि मनलाग्दि भाडा र यात्रुकाे भिड नै देखिन्छ ।

सरकारले खाडि , मलेसिया , युराेप लगायत करिब ५५ देशबाट नेपाल अाउन प्रतिबन्ध गरेकाे छ ।