पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको सक्रियतामा कराेडाैंकाे अवैध समान पक्राउ

everest kitchen

कृष्ण गुप्ता 

पर्सा । पर्सा प्रहरीले करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी चैत्र महिनाको पहिलो साता सम्ममा अबैध रुपमा भित्र्याउन लागेका सामान बरामद गरि भन्सार बिभागमा बुझाएको हाे । तस्करहरुले लत्ताकपडा, सृट सुटिङ,हाडवेयर,मरिच, मोटर, छोहडा लगाएतको १ करोड २८ लाख ७२ हजार १ सय ९५ रुपैया बराबरको अैबध सामान पक्राउ गरी भन्सारमा बुझाएकाे उपरीक्षक पन्तले जानकारी दिईन । त्यस्तै ३६ लाख ६१ हजार ८ सय ४४ रुपैया सहित हुण्डी कारोवारमा संल्गन ब्यक्तीहरुलाइ प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा बुझाएकाे पन्त थप जानकारि दिईन ।

तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पर्सामा पहिलो महिला एसपी हुन् पन्त । प्रहरी सक्रियतामा जिल्लाको वीरगंज नाका र ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि शुन्य भएको बताएको छ । पन्त लगायत प्रहरीको सक्रियता देखेपछि खुसि लागेकाे स्थानीय बताउछन् ।

पर्सा प्रहरीले बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेका र फरार रहेका २३ जनालाई पक्राउ गरि कारबाही गर्न सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले बताएका छन ।

उपरीक्षक पन्तले पर्सामा अहिले केहि हदसम्म शान्ति सुरक्षा दिलाउन सफल रहकाे र यसलाई निरन्तर्ता दिने दावी गरेकी छिन ।