भारतमा आज आईतबार जनता कर्फ्यु

everest kitchen
Photofile

काठमाडौं । आईतबार भारतमा जनता कर्फ्यु लागु भएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् ।

प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यधपी याे कर्फ्यु सरकार द्धारा अाहवान गरिएपनि सरकार द्धारा लगाईएकाे कर्फ्यु भने हैन । जनता अाफैले याे कर्फ्युकाे पालन गर्न सक्नेछन् । अत्यावश्यक काम परे निर्वाध रुपमा जनता हिडडुल गर्न पाउनेछन तर बाहिर निस्किएपछि कारबाही भने कसैले गर्ने छैन ।

भारतमा जनता कर्फ्यु अाह्वान गरिसंगै अत्यावश्यक सेवा बाहेक भिडभाड हुने सेवा तथा स्थानहरु भने बन्द रहेका छन ।