मलेसियामा काेराेनाभाईरसका कारण एक डाक्टर सहित ९ जनाकाे मृत्यु, हिडडुलमा कडाइ

everest kitchen


क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट ९ जनाको मृत्यु भएको छ ।मलेसियाको स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेज मार्फत अाईतबार १ मेडिकल डक्टर सहित ९ को मृत्यु भएको पुष्टि गरेको हाे ।

मलेसियामा संक्रमितको संख्या ११८३ रहेको छ भने ११४ जना हस्पिटलबाट डिस्चार्ज भएका छन । मलेसियामा संक्रमण नियन्त्रण तथा राेकथामकाे लागि मार्च-१८ देखि ३१ सम्म काे लकडाउन गरिएकाे छ । साथै मलेसियामा अागमन पनि बन्द गरिएकाे छ ।

यस्तै मलेसिया सरकारले संक्रमाण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध गराएकाे छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा अार्मिहरुकाे प्रयोग गर्न सुरु गरेको छ ।