ईटलीमा मृतकको संख्या ५ हजार ४ सय ७६ पुगेयाे

everest kitchen
photo file

ऐजेन्सि । चीनकाे हुवानबाट फैलिएको काेराेना भाईरस (काेभिड-१९) ले सबैभन्दा बढि क्षति ईटलीमा पुय्राएकाे छ । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ हजार ४ सय ७६ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । मृतकको संख्या दिनानुदिन वृद्धि भएपछि इटलीको सरकारले अमेरिकाका रक्षा सचिव मार्क एस्परलाई सहयोगका लागि प्रत्यक्ष अपिल गरेको छ । इटलीका रक्षामन्त्रीले एस्परलाई चिकित्सा उपकरण जस्तै, मास्क र भेन्टिलेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

काेराेनाकाे प्रभाव भने चीनमम कम हुदै गएकाे छ ।