नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला

everest kitchen

  • काठमाडौं । नेपालमा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति फेला परेकाे बताएका हुन ।

काठमाडौंमा फेला परेका ती संक्रमित व्यक्ति नेपाली नभै फ्रान्सबाट काठमाडौं आएका विदेशी नागरिक भएकमे बताएको छ । यसअघि पनि चीनबाट अाएका एक जना नेपालीमा संक्रमण भएकाे पुष्टि भएकाे थियाे ।यधपी ती नेपालीकाे सफल उपचार पछि घर फर्किसकेकाे बताएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आज साेम्बारबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।