काेराेना संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु

everest kitchen

काठमाडौं। काेराेना भाईरस (काेभिड-१९ ) काे संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु भएको छ।

अमेरिकाकाे न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको उपचारको क्रममा मङगलबार मृत्यु भएको बताएको छ । पाँचथर रानीगाँउ निवासी लिम्बु विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।

यसअघि पनि लन्डनमा एक नेपालीको मृत्यु भएकाे थियाे । अहिलेसम्म काेराेनाका कारण दुईजनाले ज्यान गुमाई सकेका छन ।