सिमामा अलपत्रलाई तत्काल स्वास्थ्य परिक्षण गरि उद्धार गर्न सरकारलाई सुदुरपश्चिमेली समाजको ध्यानाकर्षण

everest kitchen

धनगढी । सुदूरपश्चिमेली नेपाली समाजले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वास्थ्य परिक्षण गरि सुरक्षित गन्तव्य सम्म पुर्याउन सुदूर पश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र जारी गरेको छ ।

समाजका अध्यक्ष धन बहादुर बलायर र महासचिव दिलेन्द्र प्रसाद जोशीद्वारा हस्तान्तर जारि ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।” कोराना भाईरसको संक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेश सरकारले गरेको पहल (लक डाउन) घोषणा गरेसंगै हिजो साँझदेखि भारत बाट नेपाल फर्किएका व्यक्तिहरु कञ्चनपुरको गड्डाचौकी र धनगढीको गौरीफन्टामा सयौं नेपालीहरु अलपत्र परेका छन् ।
नेपाल फर्कने क्रममा भारतको विभिन्न ठाउँमा भारत सरकार द्वारा (लक् डाउन) घोषणा गरेका कारणले अलपत्र परेको अवस्थामा उत्पन्न परिस्थिति को बारे विभिन्न संचार माध्यमहरुबाट जानकारी भए अनुरूप, सुदूरपश्चिमेली नेपालीहरुको साझा संस्था सुदूरपश्चिमली नेपाली समाजलाई चिन्तित एवं गम्भीर बनाएको जारी पत्र उल्लेखमा छ ।

भारतबाट पश्चिम नाकाहुदै आएका सम्पूर्ण नेपालीलाई यथाशिघ्र स्वास्थ्य सुरक्षा अन्तर्गत आवश्यक स्वास्थ्य परिक्षण प्रक्रिया पूर्ण गरि उचित व्यवस्था का साथ गन्तव्य स्थल सम्म आवत जावत गर्न व्यवस्था मिलाउन मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, सुदूर पश्चिम प्रदेश सरकार धनगढी कैलाली तथा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ जारी पत्रमा भनिएको छ ।

साथै यस विषम परिस्थितिमा सुदूरपश्चिमेली नेपाली समाज सम्पूर्ण रूपले सुदूरपश्चिम प्रदेश सरकार तथा नेपाल सरकारको साथमा रहेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

समाजले भारत बाट नेपाल प्रस्थान गर्नु भन्दा पनि सबै जना लाइ यथास्थानमा बसी आफ्नो स्वाथ्यको ख्याल संगै यसको रोकथाम तथा न्यूनीकरण मा ध्यान दिनको लागि अनुरोध समेत गरेको समाजका प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडि’ले जानकारी दिएका छन ।