लकडाउन उल्लङ्घन गर्ने ६८ जना नियन्त्रणमा ,आज बुधबारदेखि कडाइ गरिदै

everest kitchen


काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सुधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

साथै आज बुधबारदेखि लकडाउनमा सरकारले कडाई गर्ने देखिएकाे छ । ११ गते पहिलाे दिनकाे लकडाउनमा सवारि साधन नचलेपनि पैदल आवतजावत गर्नेहरु टन्नै देखिन्थे । सरकारले दिएकाे विदा जसरि मनाउने, कुनै राजनीतिक दलले बन्द गरेकाे जसरि सांझ पख बाहिर निस्कने प्रबृत्तिले जाेखिम बढेको भन्दै सरकारले लकडाउनलाई कडा पार्ने तयारी गरेकाे हाे ।