मलेसियामा थप १४ अप्रिलसम्म बन्द , मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित

everest kitchen


क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे ।

मलेसियाले यस्ताे किसिमकाे बन्दलाई लकडाउन नभनेर माेभमेन्ट कन्ट्रोल अडर (एमओसि) भनेकाे छ । मलेसियामा अहिलेसम्म संक्रमित दिनानुदिन बढदै जानु र मृत्यु दर पनि बढेपछि यस्ताे किसिमकाे नियन्त्रण अादेश जारी गरेकाे मलेसिया सरकारले जनाएको छ । यस्ताे बन्दमा सरकारले ताेकेकाे अत्यावश्यक काम र क्षेत्र बाहेक सबै बन्द रहनेछन् ।

मलेसियामा हालसम्म १६ जनाकाे मृत्यु भईसकेकाे छ भने १६२४ जनामा संक्रमण र १ सय ८३ जनाकाे उपचार सम्भव भएकाे छ । यधपी करिब ५ लाख बढि नेपाली कार्यरत रहेकाे मलेसियामा अहिलेसम्म नेपाली सुरक्षित रहेकाे दुतावासले जनाएकाे छ ।